निर्णायक मोडमा नेकपा विवाद, बैठकमा आउनैपर्ने बाध्यतामा ओली

काठमाडौं । नेकपाभित्र चुलिएको विवाद निर्णायक अवस्थामा पुगेको छ ।

शुक्रबार साँझसम्म कुनै सहमति नजुटेपछि आजको बैठक निर्णायक बन्न पुगेको हो ।

यसअघि १७ मंसिरमा बोलाइएको बैठकमा अध्यक्ष केपी ओली ‘व्यस्तता’को कारण अनुपस्थित भएपछि तीन दिनका लागि सारिएको थियो ।

यो बीचमा दुई अध्यक्षबीच सहमतिका लागि निकै कोशीस भएपनि शुक्रबार साँझसम्म दुबै पक्ष आफ्नो अडानबाट पछाडि हटेका छैनन् ।

ओली पक्षले सचिवालयको बैठक पर सारेर सहमति खोज्ने या बैठक पूर्व नै अध्यक्ष प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्ने मत राखेको छ । यही आधारमा प्रचण्डसँग सचिवालय सदस्य विष्णु पौडेल र इश्वर पोखरेल तथा स्थायी समिति सदस्य सुवास नेम्वाङले यो बीचमा छलफल गरेपनि निश्कर्ष निस्किन भने सकेन ।

याे पनि पढ्नुस  पाल्पा–१ का सांसद रानाले वामदेवका लागि राजीनामा देलान् ?

शुक्रबार अध्यक्ष प्रचण्डसँग छलफलपछि नेता पोखरेल राष्ट्रपति निवास गएका थिए । राष्ट्रपतिको पहलले पनि दुबै अध्यक्षबीच सहमति जुटन सकेको छैन ।

नेकपाका एकजना स्थायी समिति सदस्यका अनुसार, समस्याको जरो पद्धती मान्ने कि नमान्ने भन्नेमा रहेको छ । “बैठक नै नबसी कुनै निर्णय हुँदैन भन्ने प्रचण्डको अडान रहेको देखियो ।” उनले भने, “जे निर्णय गरेपनि बैठक त बस्नुपर्यो भन्ने वहाँले भन्नुभएको छ । अध्यक्ष ओली भने बैठक सामना गर्न चाहनुहुन्न । समस्या यहींनेर हो ।”

आज दिउँसो १ बजेका लागि नेकपा सचिवालयको बैठक बोलाइएको छ । छलफल र निर्णयको विधिसम्मत प्रक्रियामा अध्यक्ष ओली आउन नखोजेमा विधि अनुसार, स्थायी समितिको बैठकमा दुबै प्रस्ताव लैजाने योजनामा प्रचण्ड छन् ।

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठक बस्दै, के विषयमा हुँदैछ छलफल?

“बैठकमा अध्यक्ष ओली आउनुहुन्छ भन्ने अपेक्षा हो, तर वहाँले बैठक बहिस्कार गरेपनि पार्टीको बैठकमा निर्णय हुन रोकिन्न ।” ती स्थायी समिति सदस्यले भने, “संयुक्त प्रस्ताव या प्रस्ताव फिर्ता लिने कुरा पनि बैठकले नै गर्ने हो, छलफलबाट भागेर निश्कर्ष निस्किँदैन ।”

अध्यक्ष ओली निकटका नेताहरुले समेत बैठकको सामना गर्न ओलीलाई सुझाव दिएका छन् । बैठकमा सहभागी भएर थप छलफल गर्नुपर्ने उनीहरुको मत छ । यसअघि सचिवालय बैठकमा समेत नेता पोखरेलले बैठकमा प्रस्तुत एजेण्डामा छलफल गर्नुपर्ने मत राखेका थिए ।

सचिवालय बैठकमा दुबै अध्यक्षका प्रस्ताव छलफलका लागि प्रस्तुत भएका छन् ।

अध्यक्ष ओलीले बैठकमा प्रस्तुत भएर आफ्नो र प्रचण्डको प्रस्तावमा छलफल अघि बढाएको खण्डमा सचिवालयको बैठक नै केही दिन लम्ब्याएर साझा प्रस्ताव खोज्न सकिने ठम्याई

याे पनि पढ्नुस  सकियो नेकपा सचिवालय बैठक, के–के भयो ?

दोश्रो तहका नेताहरुको देखिन्छ । नेता माधव नेपालले समेत दुई अध्यक्षबीचको सहमतिले मात्रै नपुग्ने र उठेका विषयबस्तु बैठकबाटै किनारा लगाउनुपर्ने मत राखेका छन् ।
ओली पक्षले भने सकेसम्म दुबै अध्यक्षबीच यसअघि जस्तो सहमति खोज्ने प्रयास गरेका छन् ।

आजको बैठक ओलीका लागि समेत निर्णायक हुनेछ । उनी सहभागी नभएको खण्डमा विधि र पद्धतीबाट भाग्न खोजेको आरोप झनै पुष्टि हुने भएकोले बैठकमा जानैपर्ने दबाब उनी सामु छ ।

यो पनि पढ्नुस्

ओलीसामु यक्ष प्रश्नः पार्टी जोगाउने कि चोइटिएर जाने ?

 

कमेन्ट गर्नुहोस्