कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ मजदुरको मृत्यु

काठमाडौंः दक्षिणपश्चिम चीनस्थित एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ। शुक्रवार चुङ्चिङस्थित उक्त खानीमा कार्बन मनक्साइड चुहिएको थियो।

खानीमा काम गर्ने पाँच जना अझै हराइरहेका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ। उक्त घटनाको अधिकारीहरूले छानबिन सुरु गरिसकेका छन्।

याे पनि पढ्नुस  वीरगञ्जमा शनिबार मृत्यु भएकी महिलामा कोरोना पुष्टि

सुरक्षासम्बन्धी नियम पालना नगरिने भएकाले चीनका खानीमा प्रायः दुर्घटनाहरू भइरहन्छन्। सीसीटीभीका अनुसार डियाशुइडोङ खानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा ग्यास चुहिएको थियो। उक्त खानी दुई महिनादेखि बन्द थियो।

गत सेप्टेम्बर महिनामा चुङ्चिङस्थित अर्को खानीमा आगो लाग्दा १६ जनाको मृत्यु भएको थियो।

याे पनि पढ्नुस  खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

गत वर्ष डिसेम्बरमा ग्वेजो प्रान्तस्थित अर्को कोइलाखानीमा विस्फोटनहुँदा १४ जनाको मृत्यु भएको थियो। बीबीसी

कमेन्ट गर्नुहोस्