काठमाडौंः नेपालमा थप १०२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शनिबार २२०६ जना निको भए । योसँगै निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।
शनिबार थप १० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५७७ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार २५५ छ ।