सकियो नेकपा सचिवालय बैठक, के–के भयो ?

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । शनिबार दिउँसो साढे १ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको बैठक पौने ५ बजे सकिएको हो ।

बैठकले भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निश्चित गरेको छ । स्थायी कमिटी बैठक पार्टीको समस्या समाधानमा केन्द्रित हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

याे पनि पढ्नुस  शक्तिशाली कम्युनिष्ट पार्टीको नेतृत्व गर्दै आर्थिक विकासको सुत्रपात गर्छुः प्रचण्ड

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पेस गरेको प्रस्ताव प्रस्तुत गरिने उनले बताए । उनले सचिवालय बैठकमा पेस भएका अन्य प्रस्ताव पनि प्रस्तुत गरिने बताए ।

गत कात्तिक २८ गते बसेको बैठकमा प्रचण्डले सचिवालयका अन्य ४ जना सदस्य माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को सहमतिमा छुट्टै राजनीतिक प्रस्ताव पेस गरेका थिए । त्यसपछि मंसिर १३ गते बसेको बैठकमा ओलीले प्रचण्डको जवाफी प्रस्ताव पेस गरेका थिए ।

याे पनि पढ्नुस  बलात्कार प्रयास गरेको आरोपमा नेकपा सांसद पक्राउ

प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रस्तावमाथि छलफल गर्नुपर्ने अडानमा छन् । तर, ओली पक्षधरले भने दुबै प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव ल्याउन प्रयास गरिरहेका छन् ।

त्यसैका लागि बिहीबार र शुक्रबार ओली पक्षका नेताहरूले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए । तर, कुनै सहमति हुन सकेन ।

याे पनि पढ्नुस  स्थायी कमिटी सदस्यलाई बाँडियो ओली र प्रचण्डको प्रस्ताव

नेकपा विवाद चर्किँदै जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत सक्रियता बढाएकी छन् । उनले ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेट गरेर मिलेर अघि बढ्न आग्रह गर्दै आएकी छन् ।

कमेन्ट गर्नुहोस्