नेकपा स्थायी कमिटी बैठक भोलि धुम्बाराहीमा बस्ने

फाइल फोटो ।

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि मंसिर २१ गते आइतबार बस्ने भएको छ । बैठक आइतबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

नेकपा स्थायी कमिटी बैठकको मिति यसअघि बसेको सचिवालय बैठकले तय गरेको थियो । आज बसेको सचिवालय बैठकले बैठक बस्ने निश्चित गरेको हो ।

याे पनि पढ्नुस  नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिने नेकपाको निर्णय

बैठकमा सचिवालयमा प्रस्तुत सबै प्रस्ताव पेस गरिनेछ । श्रेष्ठले स्थायी कमिटीबाटै पार्टीमा देखिएको विवाद समाधानको पहल गरिने बताए ।

गत कात्तिक २८ गते बसेको बैठकमा प्रचण्डले सचिवालयका अन्य ४ जना सदस्य माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को सहमतिमा छुट्टै राजनीतिक प्रस्ताव पेस गरेका थिए । त्यसपछि मंसिर १३ गते बसेको बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको जवाफी प्रस्ताव पेस गरेका थिए ।

याे पनि पढ्नुस  गौतमविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रस्तावमाथि छलफल गर्नुपर्ने अडानमा छन् । तर, ओली पक्षधरले भने दुबै प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव ल्याउन पहल गरिरहेका थिए ।

त्यसैका लागि बिहीबार र शुक्रबार ओली पक्षका नेताहरूले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए । तर, कुनै सहमति हुन सकेन ।

याे पनि पढ्नुस  अबको एक मात्रै विकल्प प्रधानमन्त्री ओलीको राजीनामाः नेतृ चौधरी

नेकपा विवाद चर्किँदै जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत सक्रियता बढाएकी छन् । उनले ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेट गरेर मिलेर अघि बढ्न आग्रह गर्दै आएकी छन् ।

अन्ततः प्रचण्ड–माधव नेपाल समूहको माग बमोजिम सबै प्रस्तावहरू स्थायी कमिटी बैठकमा छलफलका लागि पेस हुने भएका छन् ।

सकियो नेकपा सचिवालय बैठक, के–के भयो ?

कमेन्ट गर्नुहोस्