सामुदायिक स्वास्थ्य प्रवर्धनमा महिला स्वयंसेविकाहरूको भूमिका महत्वपूर्णः दाहाल

चितवनः भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक स्वास्थ्य प्रवर्धनमा महिला स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण भएको बताएकी छन् । १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।

‘कोभिड १९ को रोकथाम र समृद्दिका लागी संयूक्त कार्य महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाको भूमिका अपरिहार्य’ भन्ने मुल नाराका साथ शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रमुख दाहालले महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाइ उच्च प्राथमिकतामा राखि कामहरू अगाडी बढाइरहेको बताइन् । उनले महिला स्यवंसेविकाहरूलाइ उच्च मनोबलका साथ समुदायमा काम गर्न आग्रह गरिन् ।

याे पनि पढ्नुस  भरतपुर महानगरको पर्यटन स्तम्भ शिलान्यास

उनले महानगरका अधिकांश वडामा सुविधा सम्पन्न स्वास्थ्य केन्द्रहरू संचालनमा आइरहेको जानकारी दिँदै स्वास्थ्यकेन्द्र नभएका वडाहरूमा आगामी आर्थिक बर्ष बजेटको व्यवस्था गरी निर्माण कार्य अगाडी बढाउनेमा जोड दिइन् ।

प्रमुख दाहालले लैगिक हिसां बिरूद्दको १६ दिने अभियानअन्तर्गत महानगरले विविध सचेतनामुलक कार्यक्रमहरू अगाडी बढाइरहेको भन्दै कुनै पनि प्रकारका हिंसा आफूलाई स्वीकार्य नहुने बताइन् ।

याे पनि पढ्नुस  कृषि उत्पादन पहिलो प्राथमिकता, २०% रकम विनियोजन गरिने- रेनु दाहाल

सो क्रममा विगत लामो समयदेखि यस वडामा स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गरिरहेका ७ जनालाइ महानगर प्रमुख दाहालले साइकल वितरण गरेकी छन् ।

कमेन्ट गर्नुहोस्