माओवादी केन्द्रले विप्लवसँग पार्टी एकता गर्ने

काठमाडौं : पूर्वमन्त्री गोपाल किरातीको नेतृत्वको नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने भएको छ ।

किरातीका अनुसार हालै बसेको केन्द्रीय कमिटीको बैठकले विप्लवसँग एकता गर्ने निर्णय गरेको हो । ‘हाम्रो केन्द्रीय कमिटीको बैठकले उहाँहरूसँग पार्टी एकता गर्ने निर्णय गरेको छ,’ किरातीले भने, ‘अबको केही महिनाभित्र एकता प्रक्रिया टुंगिएला ।’

याे पनि पढ्नुस  माओवादी केन्द्रले पनि उपनिर्वाचन लड्ने

पार्टी एकताका लागि आफूहरूले पठाएको पत्रको जवाफ पनि प्राप्त भइसकेको किरातीले बताए ।

कमेन्ट गर्नुहोस्