काठमाडौं : आज बसेको सचिवालय बैठकमा सरकारले सरकारी पत्रिका गोरखापत्रको दुरुपयोग गरेको भन्दै केही नेताले असन्तुष्टि व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली पक्षले गोरखापत्र दैनिकको दुरुपयोग गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले बैठकमा भने, ‘गोरखापत्र केपी ओली गुटको मुखपत्र भएको छ, राष्ट्रको स्रोतसाधन यसरी दुरुपयोग गर्न पाइँदैन ।’
त्यसैगरी, नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउन माग गरे ।
गौतमले बैठकमा भने, ‘प्रधानमन्त्रीले सूर्य थापालाई कारबाही गर्नुस्, उनले प्रशंसा गरेजस्तो गरेर सिध्याइदिन्छन् ।’