१६ वर्षीया किशोरी बलात्कार आरोपमा युवक पक्राउ

बैतडी : किशोरी बलात्कार आरोपमा बैतडीको दोगडाकेदार गाउँपालिका–६ सित्तडका १७ वर्षीय एक किशोर पक्राउ परेका छन् । यही मंसिर १६ गते आफ्नै घरमा लगेर १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज एंव प्रहरी निरीक्षक धनदेव साउदका अनुसार उमेर नपुगेकाले पक्राउ परेका किशोर तथा किशोरीको नाम सार्वजनिक गरिएको छैन । दुवै जनाको जन्मदर्ता मगाएर थप अनुसन्धानको काम भइरहेको उनको भनाइ छ ।

याे पनि पढ्नुस  बैतडीमा जिप पल्टिँदा प्रहरी जवानको मृत्यु

पिडीत किशोरीका आफन्तको उजुरीका आधारमा जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, ‘जिल्ला अदालत बैतडीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिसकेका छौँ, प्रारम्भिक अनुसन्धानबाट दुवै जनामा प्रेम सम्बन्ध रहेको र आफन्तले थाहा पाएपछि उजुरी गरेको खुल्न आएको छ,’ पक्राउ परेका किशोर प्रहरी हिरासतमा रहेका छन् भने किशोरी आफन्तसँगै रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

याे पनि पढ्नुस  बलात्कारीलाई सार्वजनिक स्थानमा फाँसी या नपुंकसक बनाउनुपर्छ– इमरान खान

यसअघि गत हप्ता पनि किशोरी बलात्कारको घटना गाउँमै मिलापत्र गराएको आरोपमा सिगास गाउँपालिका–३ का वडाध्यक्षसहित छ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्