सांसद आलेमगर कोरोनामुक्त

डोटी : नेकपाका केन्द्रीय सदस्य तथा डोटीबाट निर्वाचित संघीय सांसद प्रेमबहादुर आलेमगर कोरोनामुक्त भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि हेम्स अस्पताल काठमाडौंको आइसोलेसन वार्डमा भर्ना भएका सांसद आलेमगरको आज परीक्षण गरिएको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए ।

कोरोना नेगेटिभ पुष्टि भएसँगै स्वास्थ्यमा सुधार भएको सांसद आलेमगरले बताए । उनले भने, ‘कोरोना सङ्क्रमण देखिँदा स्वास्थ्यमा समेत केही असहज महसुस तथा समस्या भएको थियो, उपचारपछि सुधार हुँदै गएको छ ।’ उनी केही हप्ता पहिले विभिन्न क्षेत्रको भ्रमणमा निस्किएका थिए ।

कमेन्ट गर्नुहोस्