गुल्मीमा ७२ वर्षका वृद्धले गरे सम्बन्ध विच्छेद, यस्तो छ कारण

तम्घास : गुल्मीमा एक वृद्ध दम्पत्तीले सम्बन्ध विच्छेद गरेका छन् । गुल्मी दरकार गाउँपालिका-४ स्थित भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा आज सम्बन्ध विच्छेद गरेका हुन् ।

आफ्ना पहिलेका श्रीमान्को मृत्यु भइसकेपछि विसं २०५२ मा बाटुलीको तीलबहादुरसँग दोस्रो बिहे भएको थियो । सामान्य मनमुटावका कारण घरमा सधैँ भरि झगडा गरेर बस्नुभन्दा बाच्दासम्म शान्तिसँग बस्न पाइयोस भनेर सम्बन्ध विच्छेद गर्ने सोच बनाएको श्रीमती बाटुली विकले बताइन् ।

याे पनि पढ्नुस  गुल्मीमा शिक्षक देखियो कोरोना, अस्पताल सिल

यी वृद्ध दम्पत्तीले जिल्ला अदालत गुल्मीबाट कानूनी रुपमा सम्बन्ध विच्छेद गरेर अलगअलग बस्ने निधो गरेका हुन् । यी दम्पत्ती आफ्ना छोराछोरी र नातीसँगै सम्बन्ध विच्छेदका लागि आज अदालत पुगेका थिए । ‘बाबाआमा दुवैको सहमतिअनुसार सम्बन्ध विच्छेद भएको हो,’ तीलबहादुरका राइलो छोरा देवेन्द्र विश्वकर्माले भने ।

याे पनि पढ्नुस  कोरोनाबाट मृत्यु भएका शिक्षकको शव ३१ घण्टापछि सेनाले उठायो

‘दुई/चार वर्ष बाँच्दासम्म किन सधैँभरी झगडा र कचकच गरेर बस्ने? कान सुन्दैनन्, एउटा कुरा गर्दा अर्को सुन्ने र झगडा गर्ने बानी छ, त्यही भएर कचकच गरेर बस्नुभन्दा कानुनी रूपबाटै डिभोर्स गर्ने सोच बनाए,’ बाटुलीले भनिन् ।

 

कमेन्ट गर्नुहोस्