काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्व लेखेको स्टाटस डिलिट गरेका छन् ।
थापाले आइतबार बिहान ‘को कस्तो ? तस्बिर काफी छ’ भन्दै गौतमले ट्राफिक नियम उल्लङ्घन गर्दै सडक पार गरेको तस्बिरसहित पोस्ट गरेका थिए । तर, व्यापक आलोचनापछि थापाले उक्त स्टाटस अहिले डिलिट गरिसकेका छन् । स्टाटसमा अधिकांशले थापालाई गाली गरेर स्टाटस हटाउन दवाव दिएका थिए ।
शनिबार बसेको सचिवालय बैठकमा गौतमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई पदबाट हटाउन माग गरेका थिए । गौतमले बैठकमा भनेका थिए, ‘प्रधानमन्त्रीले सूर्य थापालाई कारबाही गर्नुस्, उनले प्रशंसा गरेजस्तो गरेर सिध्याइदिन्छन् ।’
त्यसपछि गौतमप्रति आक्रोशित बनेका थापाले बिहानै स्टाटस हालेका थिए ।
