अष्ट्रेलियासँगको टी-२० सिरिज भारतले जित्यो

काठमाडौं: अष्ट्रेलियासँगको टी–२० सिरिज भारतले एक खेल अगावै जितेको छ । उसले आज अष्ट्रेलियालाई ६ विकेटले हराउँदै सिरिज एक खेल अगावै जितेको हो ।

अष्ट्रेलियाले दिएको १ सय ९५ रनको लक्ष्य भारतले १९.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि हार्दिक पाण्ड्याले टी–२० अन्तर्राष्ट्रिय करियरकै उत्कृष्ट ब्याटिङ गरे । यसअघि उनको टी–२० मा उच्च स्कोर ३३ रन थियो । उनले आज २२ बलमा अविजित ४२ रन बनाए ।

याे पनि पढ्नुस  १५ मिनेटका लागि नेपाल-भारत पुल खुला, १० मिनेटमै विवाह गरेर नेपालबाट लिए दुलही

त्यस्तै, कप्तान विराट कोहलीले ४०, शिखर धवनले ५२, केएल राहुलले ३०, सञ्जु सामसनले १२ रनको योगदान दिए ।

यसअघि सिड्नीमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनाएकाे थियो ।

अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै स्टिभ स्मिथले ४६ रन जोड्दा मोइसेस हेन्रिक्सले २५ रन बनाए । ग्लेन म्याक्सवेलले २२ रन जोड्दा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए ।

याे पनि पढ्नुस  भारतमा कोभिडः मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघ्यो

भारतका टी नटराजनले २ तथा सार्दुल ठाकुर र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

कमेन्ट गर्नुहोस्