बलिउड चर्चित कलाकार रवि पटवर्धनको निधन

नयाँ दिल्ली : हिन्दी, मराठी फिल्म तथा टिभी सिरियलका चर्चित कलाकार रवि पटवर्धनको निधन भएको छ । ८३ वर्षीय रविको आइतबार बिहान हृदयघातको कारण निधन भएको हो ।

पछिल्लो केही समयदेखि मुटुको समस्याबाट पीडित उनले शनिबार राति सास फेर्न गाह्रो भएको बताएका थिए । त्यसपछि उनलाई एक निजी अस्पतालमा भर्ना गरिएको थियो । तर, उनको स्वास्थ्यमा सुधार हुन सकेन । यसअघि मार्च महिनामा पनि उनलाई हार्ट अट्याक आएको थियो ।

याे पनि पढ्नुस  मनपर्ने सेलिब्रेटी भेट्ने धोको पूरा गर्न खोज्दा फ्यानले गुमाए ६० लाख !

रविको हिन्दी, मराठी फिल्मको साथसाथै रंगमञ्चमा पनि धेरै योगदान रहेको छ । फिल्म तथा टेलिसिरियलमा धेरैजसो हजुरबुबाको भूमिकामा देखिँदै आएका रविले २०० बढी फिल्म र १५० बढी नाटकमा काम गरेका छन् ।

कमेन्ट गर्नुहोस्