काठमाडौं : विख्यात गाडी कम्पनी बिएमडब्ल्यु नेपाल भित्रिने भएको छ । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी प्रिमियम मोटर्सले बिएमडब्ल्यु नेपाली बजारमा भित्र्याउन लागेको हो ।
कम्पनीका अनुसार सोमबार भर्चुअल कार्यक्रम गरी नेपालमा सार्वजनिक गर्न लागिएको हो ।
उक्त कम्पनीको गाडी सार्वजनिक नहुँदै नेपालमा ६ वटा बिक्री भइसकेको छ। यसको बुकिङ पनि राम्रो रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धन रूपेश शर्मा भट्टले जानकारी दिए ।
कम्पनीले बिएमडब्ल्युको शोरुम तिनकुनेमा स्थापना गरेको छ। यो ग्रुपले नेपालमा हुण्डाइको गाडी पनि बिक्री गर्दै आइरहेको छ ।