अब बिएमडब्ल्यु गाडी नेपाली बजारमा

काठमाडौं : विख्यात गाडी कम्पनी बिएमडब्ल्यु नेपाल भित्रिने भएको छ । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी प्रिमियम मोटर्सले बिएमडब्ल्यु नेपाली बजारमा भित्र्याउन लागेको हो ।

कम्पनीका अनुसार सोमबार भर्चुअल कार्यक्रम गरी नेपालमा सार्वजनिक गर्न लागिएको हो ।

उक्त कम्पनीको गाडी सार्वजनिक नहुँदै नेपालमा ६ वटा बिक्री भइसकेको छ। यसको बुकिङ पनि राम्रो रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धन रूपेश शर्मा भट्टले जानकारी दिए ।

याे पनि पढ्नुस  उकालो लाग्यो अमेरिकी डलरको भाऊ, कुन देशको कति? (सूचीसहित)

कम्पनीले बिएमडब्ल्युको शोरुम तिनकुनेमा स्थापना गरेको छ। यो ग्रुपले नेपालमा हुण्डाइको गाडी पनि बिक्री गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्