काठमाडौंः नायिका श्वेता खड्का आज बिहे गर्दैछन् । खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।
स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुँदैछ ।
दुलही भएका फोटो सामाजिक सञ्जालमा हाल्दै उनले भनेकी छन्, ‘मेहन्दीको रङहरुसङ्गै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ….।’
उनले हिजो आइतबार एक भावुक स्टाटस लेख्दै बिहे गर्न लागेको खुलाएकी थिइन् ।
खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।
स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छन् ।
फोटोः खड्काको फेसबुकबाट ।