दार्चुला ट्रक दुर्घटनाः मृतकको पहिचान खुल्यो

दार्चुलाः दार्चुलामा भएको ट्रक दुर्घटनामा हुँदा मृत्यु हुनेको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–५ का ट्रक चालक २४ वर्षीय शेरसिंह कार्की, दोगडाकेदार गाउँपालिका–६ का २४ वर्षीय धनसिंह भण्डारी र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडका १७ वर्षीय चन्द्रसिह बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिए ।

याे पनि पढ्नुस  मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

मृतक तीनै जनाको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । तीनै जनाका आफन्त दार्चुला सदरमुकाम पुगेका छन् । सो दुर्घटनामा चालकसहित तीन जना पुरुषको मृत्यु भएको थियो ।

शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाँदै गरेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक आइतबार राति मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्