बलात्कार आरोप लागेका सिद्धबाबाले अदालतबाट पाए सफाइ

विराटनगरः बलात्कार आरोप लागेका चताराधाम आश्रमका धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका छन् ।

सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको हो ।

जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले सिद्धबाबाले सफाइ पाएको जानकारी दिए । उनले भने, ‘नेपाल सरकारले लिएको अभियोग दाबी बमोजिम प्रतिवादीलाई जबरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग दाबी पुग्न नसक्ने हुँदा प्रतिवादी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ ।’

याे पनि पढ्नुस  पूजा बोहोरालाई बलात्कार गर्नेलाई साढे ११ वर्ष जेल सजाय

यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । एक अनुयायीले आफूलाई सिद्धबाबाले बलात्कार गरेको भनी जाहेरी दिएपछि सिद्धबाबा अनुसन्धानमा तानिएका थिए ।

कमेन्ट गर्नुहोस्