कतार पुलिसका नाममा ठगिएकाले उजुरी गर्न पाउने

काठमाडौं : अवैधानिक रूपमा कतार पुलिसमा पठाइदिने भन्दै मेनपावरबाट भएको अन्तर्वार्तामा सहभागी कामदारले सम्बन्धित कार्यालयमा सम्पर्क गर्न वैदेशिक रोजगार विभागले सूचना जारी गरेको छ ।

विभागले सोमबार एक सूचना जारी गर्दै उक्त कामदारले मेनपावर, एजेण्ट वा मेनपावर सम्बन्धित राहदानीले पैसा बुझाएका व्यक्तिलाई एक महिनाभित्र यथेष्ट प्रमाणसहित उजुरी दिन अनुरोध गरेको छ ।

याे पनि पढ्नुस  अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

वैदेशिक रोजगार विभाग वा नजिकका श्रम तथा रोजगार कार्यालय, जिल्ला प्रशासन कार्यालय वा विभागको इमेलमा उजुरी दिन सकिने विभागले जनाएको छ ।

कतार पुलिसमा पठाइदिने भन्दै विभिन्न वैदेशिक रोजगार कम्पनीले पूर्व श्रम स्वीकृति नलिई कामदारको अन्तर्वार्ता लिएको भेटिएको थियो ।

याे पनि पढ्नुस  वडाध्यक्षद्वारा श्रीमती र अधिकृतबिरुद्ध प्रहरीमा उजुरी

विभागले अनुगमनको क्रममा एस. ओ.एस म्यानपावर सर्भिस, होप इन्टरनेशनल प्रा.लि, र डि.डि ह्यूमन रिर्सोस प्रा.लिमा अन्तर्वार्ता संचालन गरिसकेको र गरिरहेको अवस्थामा कागजात नियन्त्रणमा लिएको थियो ।

उक्त वैदेशिक रोजगार कम्पनीको उजुरीमाथि भइरहेको छानविनको क्रममा वैदेशिक रोजगारीमा कतार प्रहरीमा पठाइदिने भनि राहदानी र रकम लिएको भनि विभिन्न व्यक्तिहरुबाट विभाग समक्ष उजुरी प्राप्त भइरहेको छ । हाल उनीहरूको कारोबार समेत विभागले रोक्का गरेको छ ।

याे पनि पढ्नुस  अनुदानको रकम नपाएको भन्दै उजुरी

कतार पुलिस पठाउने नाममा अन्तर्वार्ता दिन आउने व्यक्तिबाट मोटो रकम लिएको समेत बताइएको छ ।

कमेन्ट गर्नुहोस्