कांग्रेसको निश्कर्षः सरकार पूर्ण असफल, तत्काल संसद बैठक आवश्यक, यस्ता छन् सर्वदलीय बैठकमा उठाउने एजेण्डा

काठमाडौं । नेकपाभित्र विवाद चुलिएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

सर्वदलीय बैठकको आयोजनालाई कतिपयले भने प्रधानमन्त्रीमाथि देखिएको संकट टार्न खोजिएको कोशिसका अर्थमा समेत लिएका छन् ।

बैठकमा बोलाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एजेण्डा तय गर्न हिजो सोमबार पार्टीका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् ।

बैठकमा कांग्रेसका तर्फबाट व्यवस्थित तरिकाले प्रस्तुत गर्न छलफल भएको नेता बालकृष्ण खाँडले बताए ।

कांग्रेसले सरकारको समीक्षा गर्दै कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार पूर्ण असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण जनतामा निराशा छाएको र बेरोजगारीको समस्या बढेको निश्कर्ष निकालेको छ ।

याे पनि पढ्नुस  बलात्कारीलाई हदैसम्मको कारवाही गर्न माग

सरकार अससफल भएकोले कोरोना, सुशासन र जनजीविकासँग जोडिएका विषयमा कांग्रेसले सरकारको ध्यानाकर्षण गर्ने भएको छ । सरकारले काम गर्न नसकेको कारण संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाप्रति नै गम्भीर धक्का पुगेको कांग्रेसको ठहर छ । “सडकमा जुन खालका नारा सुन्न थालिएको छ, त्यसमा प्रधानमन्त्री, सरकार र राष्ट्रपतिले पनि बढावा दिनुभएको हाम्रो निष्कर्ष छ ।’ खाँडको भनाई छ ।

आज अपरान्ह बोलाइएको बैठकमा कांग्रेसले राख्ने एजेण्डाबारे खाँडले भने, “संविधानको रक्षा र पालना गर्ने दायित्व सरकारको हो । तर, सरकार स्वयं कतिपय सन्दर्भमा संविधानका प्रावधानहरू उल्टाउने, प्रतिकूलतामा हिँड्ने, लोकतान्त्रिक मूल्य र पद्धतिलाई असहज रूपमा लिने, आफूसँग असहमत हुने सबैलाई सखाप पार्ने सर्वसत्तावादी र निरंकुश शैलीमा हिँडिरहेको छ ।¨

याे पनि पढ्नुस  दाङ ३ ‘ख’ अपडेटः नेकपा उम्मेद्वार खत्री ८१० मतले अगाडि

कांग्रेसको सराेकार

राष्ट्रपति भइसकेको व्यक्ति कुनै अमूक पार्टीको समर्थक वा नेता नभएर आमनेपालीको आस्थाको केन्द्रबिन्दु बन्नुपर्नेमा अहिले राष्ट्रपतिको भूमिकाका कारण समेत लोकतान्त्रिक व्यवस्थाप्रति निराशा छाएको

आमनागरिक, संविधान र राष्ट्रको सुरक्षा गर्न नसक्ने र नेकपाको झगडामा मुलुकको ध्यान र शक्ति लगाउने र जनताको बेहाल बनाउने अवस्था सरकारले निर्माण गरेकोले यसको जवाफदेहिता प्रधानमन्त्री, सरकार र सत्तासीन पार्टीले लिनुपर्ने हठात्मा बन्द भएको संसद् यस्तो विषम परिस्थितिमा पनि पाँच महिनासम्म ठप्प राख्नु उचित होइन, जनताका समस्यामाथि छलफल गर्न संसद् बैठक बोलाउनुपर्ने ।

याे पनि पढ्नुस  कांग्रेस प्रविधिमै सम्पन्न गर्दै क्रियाशील सदस्यताको कार्य

सरकारको दमनकारी र पक्षपाती कार्यशैलीका विरुद्ध कांग्रेसले देशभरि गर्न लागेको प्रदर्शनबा अवगत गराउने

देउवानिवास बुढानीलकण्ठमा भएको बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा। शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, नेता कृष्ण सिटौला, प्रकाशमान सिंह, डा रामशरण महत, गोपालमान श्रेष्ठलगायत सहभागी थिए ।

कमेन्ट गर्नुहोस्