सगरमाथाको नयाँ उचाइ सार्वजनिक, ८६ सेन्टिमिटर बढ्यो

काठमाडौंः विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ । सार्वजनिक नयाँ उचाइअनुसार सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ ।

यसअघि सगरमाथाको उचाइ ८८४८ मिटर थियो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर भएको छ ।

मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन् । मंगलबार नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको नयाँ उचाइ घोषणा गरे ।

याे पनि पढ्नुस  बहराइनका राजकुमारसहितको टोलीले चुम्यो सगरमाथाको चुचुरो

विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।

मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो। उचाइ सार्वजनिक गर्ने प्रक्रिया अघि बढाउने जिम्मेवारी मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयलाई दिएको थियो।

याे पनि पढ्नुस  आज १५० जनाले गरे सगरमाथाको आरोहण

गएको वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गर्दा बेइजिङ र काठमाण्डूले नेपालमा सगरमाथा र तिब्बतमा झोमुलङ्मा भनिने विश्वको सर्वोच्च शिखरको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने र त्यसमा मिलेर वैज्ञानिक अनुसन्धानहरू अघि बढाउने सहमति कायम गरेका थिए।

उक्त सहमति पछि नेपाल एक्लैले अघि बढाएर सगरमाथाको उचाइ मापन अभियानमा उत्तरी छिमेकी बेइजिङ पनि मिसिन पुगेको थियो।

याे पनि पढ्नुस  नयाँ नक्सा तयार गर्दै नापी विभाग, लिम्पियाधुरा समेटिने

कोरोनाभाइरस महामारीका कारण सगरमाथाको आरोहण नेपालतर्फबाट बन्द रहँदा चीनले उत्तरी मोहडाबाट उचाइ मापनमा संलग्न प्राविधिक सहितको टोली सगरमाथाको चुचुरोमा पठाएको थियो।

नापीको ऐतिहासिक सफलताः आज सगरमाथाको नयाँ उचाई सार्वजनिक हुने, चीन र नेपालले नाप्दा ठ्याक्कै मिल्यो उचाई

कमेन्ट गर्नुहोस्