टी–२० सिरिज: अष्ट्रेलियाले भारतलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं: टी–२० क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा अष्ट्रेलियाले भारतलाई १ सय ८७ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको घरेलु टोली अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनायो ।

उसका लागि म्याथ्यू वेडले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट करियरकै उत्कृष्ट ब्याटिङ गरे । उनले आज ५३ बलमा ७ चौका र २ छक्कासहित ८० रन बनाए । यसअघि टी–२० मा वेडको उच्च स्कोर ७२ रन थियो ।

याे पनि पढ्नुस  बलिङमा अक्षर चम्किँदा इंग्ल्याण्ड ११२ रनमै अलआउट

त्यस्तै, ग्लेन म्याक्सवेलले ३६ बलमा ३ छक्का र ३ चौकासहित ५४ रन बनाए । त्यस्तै, मोइसेस हेनरिक्सले अविजित ५ र डानियल साम्सले नटआउट ४ रनको योगदान दिए ।

बलिङमा वासिङ्टन सुन्दरले २ र शार्दुल ठाकुरले एकएक विकेट लिए ।

तीन खेलको सिरिजमा भारतले २–० ले अग्रता बनाएको छ । यदि आजको म्याच पनि जित्न सके भारतले सिरिज ‘क्लिन स्विप’ गर्नेछ ।

याे पनि पढ्नुस  टी–२० सिरिजः भारतलाई दोस्रो झड्का, आज पनि चलेन विराटको ब्याट

सिरिजको पहिलो खेलमा भारत ११ र दोस्रो म्याचमा ६ विकेटले विजयी भएको थियो ।

कमेन्ट गर्नुहोस्