ठूलो संख्यामा करारमा कर्मचारी भर्ना गर्दै सुदूरपश्चिम प्रदेश सरकार

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा आवश्यक कर्मचारी भर्ना गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयमा ४३ जना र प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा ३२ जना कर्मचारीलाई करारमा भर्ना गर्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  दिनमा चार सयको कोरोना परीक्षण गर्न सक्ने मेसिन धनगढीमा, आजैदेखि परीक्षण थालिने

पुँजीगत खर्च बढाउन र विकास निर्माणका कामहरू अघि बढाउन प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए । दरबन्दी रहेका तर उपस्थित नभएका कर्मचारीहरूलाई प्रदेश सरकारले आफै भर्ना गर्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  ‘माफिया र कर्मचारीबाटै महत्वपूर्ण कागजात गायब’

कमेन्ट गर्नुहोस्