कांग्रेसले सरकारलाई भन्यो– सरकारप्रति असन्तुष्टि बढ्यो, सच्चिएर काम गर्नू

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि देखिएको भन्दै सच्चिएर काम गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठकमा कांग्रेसले सरकारलाई सच्चिएर संविधानको मर्म अनुसार चल्न आग्रह गरेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीले मागे डिस्चार्ज, चिकित्सकले भने– अहिले हुँदैन

अहिले गणतन्त्रविरोधी आन्दोलनको बारेमा भएको सर्वदलीय छलफलमा कांग्रेसका नेताहरुले व्यवस्थाप्रतिभन्दा सरकारप्रतिको असन्तुष्टि बढेकोले विरोध भएको बताए ।

महतले भने, ‘देशमा व्यापक असन्तुष्टि छ, त्यसमा दुईमत छैन । सरकारले गलत काम गरेको हुनाले विभिन्न रुपमा असन्तुष्टि प्रकट भइरहेको छ । राजवादी वा अरु नाममा सडकमा प्रकट भएको पनि त्यही हो ।’

याे पनि पढ्नुस  प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

बैठकमा कांग्रेस नेताहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले लिएको नीतिको पनि आलोचना गरे ।

यसैगरी तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको व्यवहारको पनि कांग्रेसले विरोध जनाएको छ । साथै कांग्रेसले संसदको बैठक तत्काल बोलाउन समेत माग गरेको नेता महतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्