कांग्रेसले सरकारलाई भन्यो– सरकारप्रति असन्तुष्टि बढ्यो, सच्चिएर काम गर्नू

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि देखिएको भन्दै सच्चिएर काम गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठकमा कांग्रेसले सरकारलाई सच्चिएर संविधानको मर्म अनुसार चल्न आग्रह गरेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठक १० दिनका लागि स्थगित, ओलीले छुट्टै प्रस्ताव पेस गर्ने

अहिले गणतन्त्रविरोधी आन्दोलनको बारेमा भएको सर्वदलीय छलफलमा कांग्रेसका नेताहरुले व्यवस्थाप्रतिभन्दा सरकारप्रतिको असन्तुष्टि बढेकोले विरोध भएको बताए ।

महतले भने, ‘देशमा व्यापक असन्तुष्टि छ, त्यसमा दुईमत छैन । सरकारले गलत काम गरेको हुनाले विभिन्न रुपमा असन्तुष्टि प्रकट भइरहेको छ । राजवादी वा अरु नाममा सडकमा प्रकट भएको पनि त्यही हो ।’

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपणका लागि शल्यक्रिया शुरू

बैठकमा कांग्रेस नेताहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले लिएको नीतिको पनि आलोचना गरे ।

यसैगरी तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको व्यवहारको पनि कांग्रेसले विरोध जनाएको छ । साथै कांग्रेसले संसदको बैठक तत्काल बोलाउन समेत माग गरेको नेता महतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्