काठमाडौंः नेपालमा थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४३ हजार ३७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंगलबार १६२१ जना संक्रमितमुक्त भए । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमित संख्या १२ हजार ६८६ छ ।
मंगलबार थप २३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६३७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पिसिआर परीक्षण भएको छ ।
हाल क्वारेन्टाइनमा ५२३ रहेको मन्त्रालयले जनाएको छ ।
कहाँ कति थपिए ?
प्रदेश १
इलाममा ६, उदयपुरमा २, ओखलढुंगामा २, झापामा २५, धनकुटामा १, पाँचथरमा ४, मोरङमा ५५, सुनसरीमा ७५, सोलुखुम्बुमा ३, र संखुवासभामा ९ जना ।
प्रदेश २
धुनषामा ५, पर्सामा १, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा २ र सिरहामा ६ जना ।
बागमती प्रदेश
काठमाडौंमा ४१२, काभ्रेमा १८, चितवनमा ६९, दोलखामा १०, धादिङमा १८, नुवाकोटमा १, भक्तपुरमा ६९, मकवानपुरमा ६,रसुवामा २, रामेछापमा ४, ललितपुरमा ११३, र सिन्धुपाल्चोकमा ९ जना ।
गण्डकी प्रदेश
कास्कीमा ९६, गोरखामा ६, तनहुँमा ८, नवलपरासी पूर्वमा २४, पर्वतमा २, लमजुङमा ७, बागलुङमा ११ र स्याङजामा ७ जना ।
लुम्बिनी प्रदेश
अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा १४, दाङमा १५, नलवपरासीमा ६, पाल्पामा १५, बर्दियामा १४, बाँकेमा ३६, रोल्पामा १ र रुपन्देहीमा ५१ जना ।
कर्णाली प्रदेश
कालिकोटमा १, रुकुमपश्चिममा ३, सल्यानमा १, सुर्खेतमा २ र हुम्लामा १ जना ।
सुदूरपश्चिम प्रदेश
अछाममा ७, कञ्चनपुरमा २८, कैलालीमा ६२, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा ८, बाजुरामा २ र बैतडीमा ३ जना ।