काठमाडौंः एक महिना अगाडि सुबिन तामाङको दुर्घटनामा परेर मृत्यु भएको थियो । देशभित्रै रहेका सुबिनको दुर्घटनामा मृत्यु भएपछि विदेश रहेकी उनकी पत्नी २३ वर्षीया शुक्री तामाङ विक्षिप्त बनिन् । सुबिनकी पत्नी साइप्रसमा थिइन् ।
श्रीमानको मृत्युपछि पीडामा रहेकी श्रीमतीले विदेशमै आत्महत्या गरेकी छन् । युवतीले आफू श्रीमानसँगै जान लागेको टिकटक भिडियो बनाई घर र माइती दुबै परिवारलाई सम्बोधन गरी आत्महत्या गरेकी हुन् ।
दोलखाको गौरीशंकर खहरेमा घर भएकी २२ वर्षीया ती युवतीले आत्महत्या गरेको पुष्टि भएकोले शवलाई पोस्टमार्टमको लागि पठाएको जनाइएको छ ।
ती युवती विवाह बन्धनमा बाधिएको २ दिनमा नै साइप्रस गएकी थिइन् । उनका श्रीमान पेशाले सवारी चालक थिए । युवतीलाई पतिको मृत्यु भएको जानकारी दिइएको थिएन ।
ढिलो गरी जानकारी दिएपछि उनले खबर पाएको राति आत्महत्या गरेको बताइएको छ ।