साझा र विवेकशीलबीच एकता, बन्यो विवेकशील साझा पार्टी

काठमाडौंः साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ ।

बुधबार भर्चुअल कार्यक्रम गरेर एकता घोषणा गरिएको हो । एकिकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ ।

पार्टीको पहिलो वरियतामा अध्यक्ष रविन्द्र मिश्र र दोस्रो वरियतामा संयोजक मिलन पाण्डे रहेका छन् ।

याे पनि पढ्नुस  ‘प्रधानमन्त्री ज्यू ! अति भयो, किसानको माग पूरा गरेर समाजवादको लाज छोपौं’

एकिकृत पार्टीको लोगो र चुनाव चिन्ह साझा पार्टीले प्रयोग गर्दै आएको तराजु नै राख्ने बताइएको छ । एकिकृत पार्टीको केन्द्रीय समितिमा दुबै पार्टीका ६५–६५ जना गरी १३० जना सदस्य रहेका छन् ।

गत असारयता दुबै पार्टीले एकताका लागि कार्यदल गठन गरेका थिए । सोही कार्यदलले दिएको प्रतिवेदनका आधारमा अहिले पार्टीबीच एकता घोषणा भएको हो । महिनाभित्र एकता महाधिवेशन गर्ने भनिएको छ ।

याे पनि पढ्नुस  रविन्द्र मिश्र भन्छन्, ‘साझा पार्टी राजनीतिक रुपमा तेस्रो पार्टी हो’

यसअघि तत्कालीन दुई पार्टीबीच ११ साउन २०७४ मा एकता भएको थियो भने २७ पुस २०७५ मा फुटेका थिए ।

 

कमेन्ट गर्नुहोस्