विजयबाबु स्मृति पत्रकारिता पुरस्कार स्व. पत्रकार गौतमलाई

काठमाडौंः विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७७ स्व. पत्रकार गोकर्ण गौतमलाई मरणोपरान्त प्रदान गरिएको छ । न्युज कारोबार डटकमको चौथो वार्षिकोत्सवको अवसरमा बुधबार नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले दिवंगत पत्रकार गौतमकी धर्मपत्नी सिर्जना तुलाधर गौतमलाई पुरस्कार हस्तान्तरण गरेकी हुन् ।

पुरस्कार हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले युवा पत्रकार गौतमको निधनले नेपाली पत्रकारिता क्षेत्रले अपुरणीय क्षति व्यहोरेको बताइन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा गठित छनोट समितिले मंसिर १२ गते स्व. पत्रकार गौतमलाई दोस्रो विजयबाबु खत्री स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । २०७५ मंसिर १२ गते अक्षय कोष स्थापना गरी घोषणा गरिएको पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ ।

मकवानपुरको छतिवन घर भएका पत्रकार गौतमको ३१ वर्षको उमेरमा मंसिर ४ गते निधन भएको हो ।

कमेन्ट गर्नुहोस्