वरिष्ठ मुटुरोग विशेषज्ञ जोशीको निधन

काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर लव नरसिंह जोशीको बुधबार निधन भएको छ । मेडेसिटी अस्पतालका मेडिकल डाइरेक्टर सुनिलकुमार शर्माका अनुसार उनलाई कडा खालको रक्त क्यान्सर (एक्युट माइनोब्ल्याष्टिक ल्युकोमिया एम ४) भएको थियो ।

डा. जोशीका घनिष्ट मित्र रहेका डा. शर्माका अनुसार अघिल्लो सोमबार मात्र रोग पहिचान भएको थियो । त्यसलगत्तै मेडसिटीको इन्टेन्टिभ केयर युनिट (आईसीयू)मा राखेर उपचार थालिए पनि बचाउन नसकिएको शर्माले बताए ।

डा. जोशीको उपचारमा दिल्लीका क्यान्सर रोग विशेषज्ञहरूको अनलाइन परामर्शसँगै मेडसिटीको टिम खटेको थियो । तर, मंगलबार साँझबाट उनको स्थिति एकाएक बिग्रिन थालेपछि अनेक प्रयास गर्दा पनि बचाउन नसकेको डा. शर्माले बताए ।

कमेन्ट गर्नुहोस्