आज वैद्य माओवादीले देशव्यापी सभा गर्दै, काठमाडौं रत्नपार्कमा दिउँसो १ बजे

काठमाडौं । सरकारको विरोधमा नेकपा क्रान्तिकारी माओवादीले आज देशैभरी प्रदर्शन गर्दैछ ।
पार्टीको हालै सम्पन्न पोलिटब्यूरोको बैठकले संघर्षमा सिंगो पार्टीलाई केन्द्रित गर्ने निर्णय गरेसँगै विरोधसभा तथा प्रदर्शनको आयोजना गरेको हो ।

पार्टीले दिएको जानकारी अनुसार, आज सातवटै प्रदेशमा केन्द्रीय नेताहरुको उपस्थितिमा विरोध सभा हुन गइरहेको हो ।

पार्टीको ३ नं. प्रदेशको आयोजनामा दिउसो १ बजे रत्नपार्क शान्तिबाटिमा विरोधसभाको आयोजना गरिएको छ । काठमाडौंको विरोधसभालाई पार्टी स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता बसन्त बोगटीले बताए ।

१ नं प्रदेशको बिरोधसभा भने उदयपुरको गाइघाटमा हुन गइरहेको छ ।

याे पनि पढ्नुस  कालापानी जाऔं अभियान चलाउँदै बैद्य माओवादी

उदयपुर गाईघाटमा हुने विरोध प्रदर्शनलाई पार्टी पीविएम तथा प्रदेश इन्चार्ज मिनकुमार राउतले सम्बोधन गर्ने कार्यक्रम छ । दुई नमबरको प्रदर्श सिरहाको गोलबजार, धनुषाको जनकपुर र रौतहटका चपुरमा आयोजना गरिएको छ । पार्टी पीवीएम तथा प्रदेश इन्चार्ज कृष्णदेव सिंह दनुवार लगायतका नेताहरुले विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी ४ नं। प्रदेशमा कास्कीको पोखरामा विहान ११ बजे विरोधसभाको आयोजना गरिएको छ । यहाँको विरोधसभालाई पार्टी पीवीएमद्वय चन्द्रहरि सुवेदी अटल र केशबहादुर परियारलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

५ नं प्रदेशको नेपालगञ्जमा विरोधसभाको आयोजना गरिएको छ । प्रदेश पार्टीको आयोजनामा गरिएको यहाँको विरोध सभालाई पार्टी पीवीएमहरु केवी गुरुङ, भूपेन्द्र न्यौपाने लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

याे पनि पढ्नुस  कालापानी जाऔं अभियान चलाउँदै बैद्य माओवादी

कर्णाली प्रदेशको सुर्खेत र दैलेखमा विरोधसभा हुँदैछ । सुर्खेतको विरोधसभालाई पार्टी केस तथा देजमो, नेपालका प्रदेश संयोजक दिपकबहादुर शाही र दैलेखमा हुने विरोधसभालाई पार्टी केस तथा प्रदेश सचिव कृष्ण गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी सात नम्बर प्रदेशको धनगढी र महेन्द्रनगरमा पनि विरोधसभाको आयोजना गरिएको छ । धनगढीको विरोधसभालाई केस रामबहादुर केसी र महेन्द्रनगरको विरोधसभालाई केस हरि सुवेदी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सम्बद्ध स्रोतले जनाएको छ ।

याे पनि पढ्नुस  कालापानी जाऔं अभियान चलाउँदै बैद्य माओवादी

क्रान्तिकारी माओवादीको सम्पन्न पीवी बैठकले भारतद्वारा कब्जा गरिएको लिम्पियाधुरा सहितको भूभाग फिर्ता, एमसीसीको विरोध, भ्रष्टाचार, महङ्गी, वालिका–महिला बलात्कार तथा हत्या, मजदुरहरुको निष्काशन तथा कटौतीको विरोध, किसानहरुका लागि मलखाद तथा उत्पादित वस्तुको बजार एवम् सहुलियत ऋणको व्यवस्था, स्वदेशमै रोजगारीको सुनिश्चितता, शिक्षा तथा स्वास्थ्यको राष्ट्रियकरण, मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम सहितका उत्पीडित वर्ग तथा जनसमुदायका हक, हित तथा जनजीविकाका विषयलाई लिएर स्वतन्त्र तथा संयुक्त रुपमा विभिन्न प्रकारका सङ्घर्ष तथा आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्