टोकियो : जापानको राजधानी टोकियोमा बिहीबार पहिलो पटक एकैदिन ६ सयभन्दा बढी कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् ।
दैनिक सङ्क्रमितको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले सबैलाई आग्रह गरेका छन् ।
टोकियोमा मात्रै ६०२ जना सङ्क्रमित भएको दिन देशभरी भने दुई हजार ८१० जना सङ्क्रमित भएका छन् ।
जापानमा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कुल एक लाख ६८ हजार ५७३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने दुई हजार ४६५ जनाको मृत्यु भएको छ ।
‘अवस्था अझै सामान्य भएको छैन, बरु थप गम्भीर भएको छ, यसलाई हेलचक्रयाई नगरौँ,’ टोकियोका गभर्नर यूरीको कोइकेले भने । उनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरेका छन् ।