महरापछि निशानामा नारायणकाजी, अनुसन्धान गर्न खुला चुनौती

काठमाडौंः गत वर्ष तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले बलात्कारको आरोप लगाइन् । त्यसबाट विशेषगरि नेकपाभित्रकै विरोधी खेमाका मानिसहरू हौसिए र महरालाई निशानमा पारे ।

संसद सचिवालयमै कार्यरत कर्मचारी रोशनी शाहीले आवेगमा बलात्कार आरोप लगाएको भन्दै अर्कै दिन स्वीकार गरिसेकपछि पनि महरालाई निशानमा बनाउनेहरू रोकिएनन् । अनेक प्रचारवाजी र भ्रामक कुरा गरेर महराको विरोध गरिरहे । अन्ततः सत्य धेरै समय छिपेन । महरालाई अदालतले निर्दोष रहेको भन्दै रिहा गरिदिएपछि विरोधीहरूको मुख आफैं थुनिएका छन् ।

गत वर्ष जसरी महरालाई निशाना बनाइएको थियो, त्यसरी नै अहिले नेकपा प्रवक्ता, सचिवालय सदस्य तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठलाई निशाना बनाइएको छ । कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै श्रेष्ठ र लामाबीचको लेनदेनको विषयमा भएको भिडियो तथा अडियो क्लिप सार्वजनिक भएपछि विरोधी हौसिएका हुन् ।

विशेषगरि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेता तथा कार्यकर्ताहरू हौसिएका छन् । त्यतिमात्रै हैन, उनीहरूले श्रेष्ठले नेकपा प्रवक्ता, सचिवालय सदस्य तथा राष्ट्रिय सभा सदस्यबाट राजीनमा दिनुपर्ने मागसहितका स्टाटस हालिरहेका छन् ।

के छ भिडियो र अडियोमा ?

कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको बिहीबार बिहानै निधन भयो । निधन भएकै साँझ लामासँग श्रेष्ठले गरेको भिडियो तथा अडियो क्लिप सार्वजनिक भयो ।

याे पनि पढ्नुस  ओली समूहको जनसभा नारायणहिटी अगाडि शुरू

भिडियो तथा अडियो क्लिपमा दुई करोड ५० लाख रुपैयाँ लेनदेनको विषय छ । श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ । भिडियो र अडियोमा देखिएका सुनिएका संवादमा श्रेष्ठले लामा, सुसन कर्माचार्य र इन्द्रा तामाङबीचको विवादलाई मिलाउने प्रयास गरेको स्पष्टै देखिन्छ ।

‘गलत नियत र उद्देश्यका साथ आएको यो अडियोले कमरेड नारायणकाजीलाई बदनाम गराउने एउटा झिनो प्रयास बाहेक अरु केहि पनि होइन भन्ने स्पष्ट रुपमा बुझ्न सकिन्छ । त्यसैले यसवाट कोही दिग्भ्रमित हुनु जरुरी छ जस्तो लाग्दैन ।’

यो विवादको मुख्य विषयचाहिँ ८ करोडको प्रोजेक्टमा ३० प्रतिशत अर्थात् २ करोड ५० लाखको शेयर लगानी नगरी सुसनका नाममा लामाले गरेका थिए । बैंकबाट लिएको ऋणको ब्याज शतप्रतिशतको आफूले मात्रै तिर्नुपर्ने भएपछि लामाले उक्त गुनासो गरेको सुन्न सकिन्छ ।

उपप्रधान तथा परराष्ट्र मन्त्री भएका बेला श्रेष्ठले लामालाई दक्षिण कोरियाका राजदूत बनाएर पठाएका थिए । त्यसपछि लामाले आफ्नो ८ करोडको लगानीमा बिना पैसा सुसनका नाममा साढे २ करोडको शेयर ट्रान्सफर गरिदिएका थिए ।

याे पनि पढ्नुस  तुम्बाहम्फेले भनिन्, ‘उपसभामुखबाट राजीनामा दिन्छु, तर...’

र्सावजनिक अडियो भिडियोमा श्रेष्ठले भनेका छन्, ‘तपाईँ, सुसन र इन्द्रा तीनै जना मेरो मान्छे । मेरो परिवारभित्रको मान्छे यो विवाद मिलाउनेतिर लाग्नुस्, ।’

प्रतिक्रिया

तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ खाँदा चुप लागेर बसेकाहरू श्रेष्ठको यही अडियो र भिडियोलाई लिएर नैतिकता र राजीनामाको कुरा उठाइरहेका छन् ।

ओली पक्षीय युवा नेता तथा राष्ट्रिय युवा संघका सह–संयोजक रमेश पौडेलले बिहीबार साँझ नै सामाजिक सञ्जालमा श्रेष्ठको विषयमा छानविन हुनुपर्ने माग गरेका छन् ।

तर, कतिपयले भने श्रेष्ठले शेयर विवाद सुल्झाउन प्रयास गरेको भन्दै यो विषय उठाउनु आवश्यक नरहेको बताएका छन् । ती मध्येका हुन् नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल ।

‘सार्वजनिक अडियो भिडियोअनुसार उहाँ (नारायणकाजी श्रेष्ठ)ले आफू निकट दुई कार्यकर्ता कमानसिंह र सुशनबीचको शेयर विवाद सुल्झाउन खोजेको देखिन्छ, जुन कुनै अपराध नभएर अभिभावकीय जिम्मेवारी हो । यसमा आपत्ति गर्नुपर्ने केही कारण छैन’, उनी भन्छन्, ‘शाही शासनकालमा मण्डलेहरूले ‘पानी ट्यांकीमा पैसा राखेको’ कथा रचना गरेर नेतालाई बदनाम गरे जस्तो यतिवेला नेकपाकै कतिपय नेता–कार्यकर्ता यस्ता घृणित कार्यमा संलग्न भएको देख्दा हामीले कस्तो संस्कृति विकास गर्न लागेका छौं भन्ने देखिन्छ । यसबाट ‘हामी त बदनाम थियौं नै, नारायणकाजीलाई पनि ठीक भयो’ भन्ने सन्देश जाँदैन र ?’

याे पनि पढ्नुस  पार्टीभित्रै नैतिक संकटमा ओली, वामदेवसँग गुहार माग्दै भैंसेपाटीमा !

नेकपाका विद्यार्थी नेता सुरेन्द्र बस्नेत श्रेष्ठमाथि लगाइएका आरोप गलत नियत र उद्देश्यका आएको बताउँछन् । उनी भन्छन्, ‘गलत नियत र उद्देश्यका साथ आएको यो अडियोले कमरेड नारायणकाजीलाई बदनाम गराउने एउटा झिनो प्रयास बाहेक अरु केहि पनि होइन भन्ने स्पष्ट रुपमा बुझ्न सकिन्छ । त्यसैले यसवाट कोही दिग्भ्रमित हुनु जरुरी छ जस्तो लाग्दैन ।’

के भन्छन् नारायणकाजी ?

श्रेष्ठले भने सार्वजनिक भिडियो तथा अडियोमा केही आपत्तिजनक कुरा नरेहको बताउँछन् । उनले आफूले गलत गरेको भए जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गर्न सक्ने बताए ।

‘कमानसिंह लामा र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ’, उनले नयाँ पत्रिकासँग भनेका छन्, ‘बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही आपत्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ ।’

उनले चरित्रहत्या गर्न खोज्नेलाई चुनौंती दिँदै भने, ‘कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु ।’

कमेन्ट गर्नुहोस्