कलंकीमा मालवहाक ट्रक दुर्घटना : १ को मृत्यु, ६ जना घाइते

काठमाडौं : थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालवहाक शुक्रबार साँझ ट्रक ब्रेक फेल हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

प्रदेश-२-०३००१ ख १४२० नम्बरको मालवहाक ट्रक ब्रेक फेल भई दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।

याे पनि पढ्नुस  धादिङमा मिनि ट्रक दुर्घटनाः मृतकको संख्या ७ पुग्यो, चालकले मदिरा पिएका थिए

कार्कीका अनुसार मृतकको शव निकालिएको छ । मृतकको पहिचान हुन बाँकी छ । घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ ।

 

कमेन्ट गर्नुहोस्