सप्तरी । सप्तरीमा अज्ञात समूहले एक नीजि जीप वाहनमा आगजनी गरेका छन् ।
शनिबार बिहान पार्किङ सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगामास्थित एक घरमा गरिराखिएको प्राइभेट पिकअप भ्यानमा आगजनी गरिएको हो ।
स्थानीय बेचन मुखियाको घरआङनमा पार्किङ गरिराखिएको स।१च। १७२५ नं। को भ्यानमा आगजनी हुँदा गाडीको इन्जिनसहित अग्रभाग पुरै जलेर क्षतिग्रस्त हुँदा करिब १८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
डिएसपी भुवनेश्वर साहका अनुसार आगजनी कसले गरेको हो भन्ने कुराको अहिलेसम्म यकिन हुन सकेको छैन । सवारीधनी मुखियाले बिहान ४ बजेतिर नचिनेका केही मानिसले खर, पराल र पेट्रोल लिएर आई गाडीमा आगजनी गरि भागेको बताएका छन् ।