गौतमबुद्ध कप : करन चम्किँदा ‘सुपर ओभर’मा नारायणी विजयी

काठमाडौं  : चितवनमा आजदेखि सुरु भएको गौतमबुद्ध कपअन्तर्गत बागमती टिमविरुद्ध नारायणी टिम ‘सुपर ओभर’मा विजयी भएको छ ।

‘सुपर ओभर’मा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको बागमतीले ६ बलमा २० रन बनायो । उनले ३ छक्कासहित १९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।

यसअघि ‘सुपर ओभर’मा पहिला ब्याटिङ गरेको नारायणीले ६ बलमा २५ रन बनायो । उसका लागि चार छक्काको मद्दतमा करन केसी एक्ललै २५ रन बनाए ।

याे पनि पढ्नुस  आईपीएल : एकै दिन ३ सुपर ओभर, पञ्जाब र केकेआर विजयी

त्यसअघि बागमतीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाउँदा खेल सुपर ओभरमा धकेलिन पुग्यो ।

उसका लागि आराफि शेखले ४४, इशान पाण्डेले १३, कप्तान सुभाष खकुरेलले ११, सिद्धान्त लोहनीले अविजित २० रन बनाए ।

बलिङमा सोमपाल कामीले सर्वाधिक २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनायो । उसका लागि राशिद खान र बिक्रम सोबले राम्रो ब्याटिङ गरे ।

याे पनि पढ्नुस  टिम राप्तीले जित्यो गौतमबुद्ध कपको उपाधि

राशिदले २२ बलमा २ छक्का र एक चौकासहित २२ बलमा २७ र बिक्रमले ३१ बलमा ३ छक्का र २ चौकासहित अविजित ३७ रनको योगदान दिए ।

त्यस्तै, सुनिल धमालाले पनि ३२ बलमा ३ छक्का र २ चौकासहित ३७ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

याे पनि पढ्नुस  बिग बास लिगः ‘सुपर ओभर’मा सिड्नी सिक्सर्स विजयी

आज बागमती टिमका रहेका भरपर्दा ब्याट्सम्यान भने सस्तैमा आउट भए । पहिलो म्याचमा टिम कप्तान ज्ञानेन्द्र मल्ल ५, प्रदीप ऐरी ४, रोहितकुमार पौडेल , पवन सराफले एक/एक, अनिलकुमार शाह र सोमपाल कामी शून्यमै आउट भए ।

बलिङमा साहब आलमले ३, दिपेश श्रेष्ठले २, सुशन भारी, किशोर महतो र करण केसीले एक/एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्