अष्ट्रेलिया टिमको नयाँ कप्तान कमिन्सलाई बनाउनुपर्छ : माइकल क्लार्क

काठमाडौं  : अष्ट्रेलिया टिमको आउँदो कप्तानको बारेमा चर्चा सुरु हुन थालेको छ ।

टेष्ट टिमका वर्तमान कप्तान टिम पेन क्रिकेटबाट संन्यास लिने मनस्थितिमा पुगेसँगै नयाँ कप्तान को बन्ने भन्ने बारेमा चर्चा सुरु हुन थालेको हो ।

अहिलेका कप्तान टिम पेन ३६ वर्षका भइसकेका छन् । र, उनले छिट्टै कप्तानबाट राजीनामा दिएर विश्राम लिन सक्ने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले औँल्याएका छन् ।

याे पनि पढ्नुस  अष्ट्रेलियाको टिममा फर्किए म्याक्सवेल, स्टोइनिसले भने पाएनन् मौका

अष्ट्रेलिया टिमको आउँदो कप्तान बारेमा पूर्वक्रिकेटरहरूले विभिन्न व्यक्तिको नाम लिइरहेका छन् । यसैबीच, अष्ट्रेलिया टिमका पूर्वकप्तान माइकल क्लार्कले पनि अष्ट्रेलियाको आगामी कप्तानबारे केही धारणा राखेका छन् ।

धेरैले फेरि स्टिभ स्मिथलाई कप्तान बनाउनुपर्ने चर्चा गरिरहेका बेला क्लार्कले भने फरक विचार राखेका छन् । उनले स्मिथलाई नभई हालका उपकप्तान प्याट कमिन्सनलाई टिमको कप्तान बनाउनुपर्ने बताएका छन् ।

याे पनि पढ्नुस  मार्नस लाबुशेनले तोडे २५ वर्ष पूरानो कीर्तिमान

‘हाल आरोन फिन्च र टिम पेन राम्रो कप्तानी गरिरहेका छन् । उनीहरूसँग प्याट कमिन्सले धेरै समय बिताएका छन्,’ क्लार्कले भनेका छन्, ‘पेन र फिन्चको साथमा उपकप्तान हुँदा सिकेको रणनीति कमिन्सले सिकेका छन् । जसकारण आउँदो दिनमा उनी टिमको नेतृत्व गर्न सक्षम छन् ।’

कमेन्ट गर्नुहोस्