प्रचण्डलाई भेटे शंकर पाेखरेलले, के-के भयाे त कुरा ?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्ड र स्थायी कमिटी सदस्य शंकर पोखरेलबीच भेटवार्ता भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल आज दिउँसो १२ बजेतिर खुमलटार पुगेका थिए । स्रोतका अनुसार दुई नेताबीच करिब आधा घण्टा कुराकानी भएको छ ।

याे पनि पढ्नुस  प्रचण्डले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन [पूर्णपाठ]

प्रचण्डसँग भोलि बिहान नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि भेटवार्ता गर्ने तय भएको बताइएको छ । पोखरेल र नेम्वाङ अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता मानिन्छन् ।

सहमति खोज्न भन्दै एक साताका लागि स्थगित भएको नेकपा स्थायी कमिटी बैठक भोलि बस्दैछ । तर, अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-माधवकुमार नेपालबीच सहमति भइसकेको छैन ।

याे पनि पढ्नुस  ओली–प्रचण्डबीचको छलफल सकियो, के भयो कुराकानी ?

यो अवधिमा ओली र प्रचण्ड बीच एक पटक मात्रै एक्लाएक्लै भेटवार्ता भएको छ । बुधबार ओली र प्रचण्डबीच डेढ घण्टा कुराकानी भएको थियो ।

कमेन्ट गर्नुहोस्