आज पनि स्थायी कमिटी बैठकमा छलफल नहुने, शोक प्रस्तावसँगै मिति सर्ने सम्भावना

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज निर्धारित स्थायी कमिटी बैठकमा छलफल नहुने भएको छ ।

नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक प्रस्तावसँगै आजको बैठक सर्ने सम्भावना देखिन्छ ।

यसअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा दिउँसो १ बजे बोलाइएको बैठकमा अध्यक्षद्वयका प्रस्तावमाथि छलफल गर्ने कार्यसूचि थियो । दुबै प्रस्तावमाथि छलफल गरेर साझा निष्कर्श निकाल्ने या सहमति नजुटेको खण्डमा विधान अनुरुपको प्रक्रिया अपनाएर केन्द्रीय समितिको बैठकमा दुबै प्रस्ताव लैजाने पक्षमा नेकपाभित्र बहुमत देखिन्छ ।

अध्यक्ष ओली पक्षले भने प्रस्ताव फिर्ता लिनुपर्ने अडान राखेका छन् । यसअघिको बैठकमा अध्यक्ष ओलीले पत्र पठाउँदै आफू उपस्थित हुन नसक्ने बताएका थिए । बैठक स्थगित भएपछि दुबै पक्षबीच सहमतिको अधिकतम प्रयास भएको थियो ।

यद्यपी यो बीचमा कुनै सहमति जुटन भने सकेको छैन । दुबै पक्षले अधिकतम अडान र दबाब कायमै राखेका छन् ।

कमेन्ट गर्नुहोस्