गौतमबुद्ध कप : राप्ती र बागमती खेल्दै आज, यस्तो छ सम्भावित प्लेइङ-११

काठमाडौं  : चितवनमा शुक्रबारदेखि सुरु भएको गौतमबुद्ध कप टी-२० प्रतियोगिताको दोस्रो खेलमा आज राप्ती र बागमती टिम खेल्दैछन् ।

यी दुई टिमबीचको म्याच नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । म्याच भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ । बागमतीमा ज्ञानेन्द्र मल्ल र राप्तीमा विनोद भण्डारी कप्तान छन् ।

याे पनि पढ्नुस  गौतमबुद्ध कप: नारायणीविरुद्ध राप्ती टिम १ विकेटले विजयी

पहिलो म्याचमा नारायणीविरुद्ध ‘सुपर ओभर’मा पराजित भएको बागमती दोस्रो म्याचमा जित हासिल गर्न चाहन्छ । राप्ती पहिलो म्याचमै विजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रिने छ ।

राप्तीको सम्भावितको प्लेइङ-११ : अमित श्रेष्ठ, लोकेश बम, विनोद भण्डारी (कप्तान), कुशल भुर्तेल, शरद भेषावकर, आशिफ शेख, सूर्य तमाङ, भुवन कार्की, अविनाश बोहरा, कमलसिंह ऐरी र जितेन्द्र मुखिया ।

याे पनि पढ्नुस  गौतमबुद्ध कपः राप्ती विजयी, ज्ञानेन्द्र मल्लको टिमको लगातार दोस्रो हार

बागमतीको सम्भावितको प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), सुनिल धमला, अनिल साह, प्रदीप ऐरी, रोहितकुमार पौडेल, पवन सराफ, सोमपाल कामी, राशिद खान, ललित राजवंशी, सागर ढकाल र विक्रम सोब ।

कमेन्ट गर्नुहोस्