आधा घण्टामै सकियो नेकपा स्थायी कमिटी बैठक, के–के भयो ?

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । आइतबार दिउँसो १ बजे बसेको बैठक आधा घण्टामै सकिएको हो ।

बैठकले केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव व्यक्त गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत लामाको कोरोना संक्रमणका कारण मंसिर २५ गते निधन भएको थियो । गत मंसिर १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि लामालाई अस्पताल भर्ना गरिएको थियो ।

काभ्रेपलाञ्चोक जिल्लामा कम्युनिष्ट पार्टीका संस्थापक लामा दुई पटक सांसदमा निर्वाचित भएमा थिए । केही वर्षअघि उनको मिर्गौलाको क्यान्सरको उपचार गरिएको थियो । उनमा मधुमेह र उच्च रक्तचापको समस्या पनि थियो । लामा सन् २०१२ देखि २०१६ सम्म दक्षिण कोरियाका राजदूत थिए ।

याे पनि पढ्नुस  नेकपा स्थायी कमिटी बैठक असार १० गते बस्ने

बैठकमा नेकपा प्रचण्डले प्रवक्ता श्रेष्ठलेबारे सार्वजनिक भिडियो अडियोबारे भ्रममा नपर्न अनुरोध गरेका छन् । अर्को बैठक पुस १ गते १ बजे बस्नेछ ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । यसअघिको बैठकमा ओली अनुपस्थित थिए ।

याे पनि पढ्नुस  सभामुख उम्मेदवार टुङ्गो लगाउन नेकपा सचिवालय बैठक शुरू

विवाद

गत कात्तिक २८ गते बसेको बैठकमा प्रचण्डले सचिवालयका अन्य ४ जना सदस्य माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को सहमतिमा छुट्टै राजनीतिक प्रस्ताव पेस गरेका थिए । त्यसपछि मंसिर १३ गते बसेको बैठकमा ओलीले प्रचण्डको जवाफी प्रस्ताव पेस गरेका थिए ।

प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रस्तावमाथि छलफल गर्नुपर्ने अडानमा छन् । तर, ओली पक्षधरले भने दुबै प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव ल्याउन पहल गरिरहेका थिए । त्यो पहल सफल हुन सकेन ।

अन्ततः यसअघि बसेको स्थायी कमिटी बैठकमा दुवै प्रस्ताव अध्यननका लागि सदस्यहरूलाई दिइएको थियो ।

याे पनि पढ्नुस  जनयुद्ध दिवसः अनेरास्ववियूले उडायो बेलुन

दुबै प्रस्तावमाथि छलफल गरेर साझा निष्कर्श निकाल्ने या सहमति नजुटेको खण्डमा विधानअनुरुपको प्रक्रिया अपनाएर केन्द्रीय समितिको बैठकमा दुबै प्रस्ताव लैजाने पक्षमा नेकपाभित्र बहुमत देखिन्छ ।

ओली पक्षले भने प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ । पछिल्लो समय बैठक स्थगितपछि दुबै पक्षबीच सहमतिको अधिकतम प्रयास भएको थियो । तर, यो बीचमा कुनै सहमति जुटन भने सकेको छैन । दुबै पक्षले अधिकतम अडान र दबाब कायमै राखेका छन् ।

कमेन्ट गर्नुहोस्