लागुऔषध कारोबारमा पक्राउ परे, भेटियो गर्भनिरोधक साधन !

कैलालीः लम्कीचुहाबाट लागुऔषध खैरो हिरोइनसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

नगरपालिकाको वडा नं. १ थकालिपुर सी टोलबाट ३ ग्राम ३० मिलिग्राम खैरो हिरोइनसहित सोही ठाउँमा २७ वर्षका खगेन्द्र जैशी, वर्ष २५ का सन्देश खत्री, जानकी गाउँपालिका वडा नं.९ वर्ष २७ का प्रकाश साउँद, जानकी गाउपाँलिका वडा नं.३ वर्ष १९ की सबिना चौधरी र बर्दिया गुलरिया वर्ष १७ की मुस्कान बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  बैंकिङ कसुर मुद्दामा फरार पक्राउ

आइतबार बिहान ७ बजे लागु औषध कारोवार गरिरहेको गोप्य सुचनाका आधारामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मोतीपुर लम्कीका प्रमुख भरत शाहाले जानकारी दिए ।

प्रहरीले खोजतलास गर्ने क्रममा लम्किचुहा १ थकालिपुर सी टोलको एउटा घरको चौथो तलामा फेला पारी घर खानतलासी गर्दा उक्त परिमाणको खैरो हिरोइन, ११ हजार नगद ५ थान मोवाइल, दुई वटा मोटरसाइकल, गर्भनिरोधक अस्थाई साधनलगायत पनि बरामद गरेको छ ।

याे पनि पढ्नुस  नक्कली एन्फा प्रवक्ता बनेर पैसा माग्‍ने साह पक्राउ

पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्