आइतबार कहाँ कति संक्रमित भेटिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा थप ८३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५१८१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार १५ सय जना निको भए । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ । हाल संक्रमित संक्रमित संख्या १० हजार ९९४ छ ।

याे पनि पढ्नुस  आज २९३३ जनामा कोरोना, एकै दिन २४ संक्रमितको निधन

सोमबार थप ९ जनाको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६९८ पुगेको मन्त्रालयले जनाएको छ ।

कहाँ कति ?

प्रदेश १
इलाममा २, झापामा २०, ताप्लेजुङमा २, तेह्रथुममा ३, धनकुटामा १, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३८, संखुवासभामा २, सोलुखुम्बुमा १ र सुनसरीमा १० जना ।

प्रदेश २
धुनषामा १, महोत्तरीमा १, रौतहटमा १ र सप्तरीमा १ जना ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुग्यो

बागमती प्रदेश
काठमाडौंमा २५८, काभ्रेमा १, चितवनमा १९, धादिङमा ५, नुवाकोटमा ६, भक्तपुरमा २५, मकवानपुरमा ५, रसुवामा ५, रोमछापमा ३, ललितपुरमा ६५ र सिन्धुपाल्चोकमा १ जना ।

गण्डकी प्रदेश
कास्कीमा ५३, गोरखामा ३, तनहुँमा १३, नवलपरासी पूर्वमा ७, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा ९, बागलुङमा ६ र स्याङजामा ५ जना ।

लुम्बिनी प्रदेश
अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा ३, दाङमा १६, पाल्पामा ९, प्यूठानमा १, बर्दियामा १, बाँकेमा ७, रुकुम पूर्वमा १, रोल्पामा १ र रुपन्देहीमा २३ जना ।

याे पनि पढ्नुस  प्रदेश सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेश
कालिकोटमा २, दैलेखमा ६, रुकुम पश्चिममा ८, सल्यानमा ६ र सुर्खेतमा १८ जना ।

सुदूरपश्चिम प्रदेश
अछाममा १५, कञ्चनपुरमा ४१, कैलालीमा ६२, डडेल्धुरामा १, डोटीमा १४, दार्चुलामा १, बझाङमा ९ र बैतडीमा १ जना ।

कमेन्ट गर्नुहोस्