झापामा प्रचण्ड–नेपाल पक्षको विद्यार्थी भेला, पार्टी एकताविरुद्व नलाग्न ओलीलाई चेतावनी

झापाः नेकपा विवाद चकिँदै जाँदा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका विद्यार्थी संगठनले भेला गरेका छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाको दमक क्याम्पसमा प्रचण्ड–नेपाल पक्षका विद्यार्थीले आइतबार भेला गरेका हुन् ।

कार्यक्रममा प्रदेश १ का सबै जिल्लाका विद्यार्थी नेता तथा कार्यकर्ताहरू सहभागी थिए । कार्यक्रमलाई प्रदेश १ का अर्थमन्त्री अर्थमन्त्री ईन्द्र आङ्बो ‘मौसम’, नेकपा केन्द्रीय सदस्य महेश रेग्मी, शिवकुमार मण्डल, भाष्कर काफ्ले, अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङ, अनेरास्ववियूका नेता सुदेश पराजुलीलगायतले सम्बोधन गरेका थिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली कतारको दोहामा

कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले पार्टी एकताविरुद्व नलाग्न प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीलाई चेतावनी दिए । साथै उनीहरूले पार्टीलाई विधि तथा पद्धतिअनुरुप चलाउनुपर्नेमा जोड दिए ।

ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई भेटेको समेत सो भेलाले आपत्ति जनाएको छ ।

कमेन्ट गर्नुहोस्