दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी

दाङ । दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।

मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए । आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५÷१६ जना यात्रु भएको प्रहरीले बताएको छ ।

याे पनि पढ्नुस  छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

File photo

कमेन्ट गर्नुहोस्