काठमाडौंः नेकपाका युवा नेता रमेश मल्लले व्यवसायीसँग पैसा असुलेर उखु किसानको खातामा पैसा पठाउनुपर्ने बताएका छन् ।
साविक अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रहेका युवा नेता मल्लले सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै व्यवसायीसँग पैसा असुलेर उखु किसानको खातामा पैसा पठाउनुपर्ने बताएका हुन् ।
उनले व्यवसायीसँग पैसा नभए जायजेथा बैंकमा दाखिला गरेर उखु किसानको पैसा पठाउने बाटो किन नखोलेको हो भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले किसान–मजदुरको समस्या शिघ्र समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।