व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रैः गृहमन्त्री थापा

चितवनः गृहमन्त्री रामबहादुर थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताएका छन् ।

प्रेस सङ्गठन चितवनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधानविरोधी शक्ति व्यवस्था र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि तिनको सपना पूरा नहुने स्पष्ट गरे ।

याे पनि पढ्नुस  प्रहरी समायोजन विधेयकमाथिको छलफल प्रस्ताव स्वीकृत

नेपाली जनताले उनीहरुको सपना कदापि पूरा हुन नदिने उनको भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टी, नेकपाका सचिवालय सदस्य थापाले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया भएको बताए । उनले भने, ‘यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ ।’

अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास उनले व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्