गौतमबुद्ध कप: नारायणीविरुद्ध राप्ती टिम १ विकेटले विजयी

काठमाडौं: चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी ‘गौतमबुद्ध कप’अन्तर्गत नारायणीविरुद्ध राप्ती टिम १ विकेटले विजयी भएको छ ।

नारायणीले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर भेट्टायो । उसका लागि कुशल भर्तुेल र कमलसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे ।

कुशलले ४१ बलमा ६ छक्का र ४ चौकासहित ६५, कमलले १३ बलमा एक छक्का २ चौकासहित अविजित २३ रनको योगदान दिए । त्यस्तै, आशिफ शेखले १४, सुमित महर्जनले १२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

याे पनि पढ्नुस  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः भौतिक प्रगति ८२ प्रतिशत

बलिङमा कप्तान करन केसीले ३, किशोर महतो, सुशान भारीले २/२, दिपेश श्रेष्ठ र साहब आलमले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनायो । उसका लागि किशोर महतो र कप्तान करन केसीले उत्कृष्ट ब्याटिङ गरे । किशोरले १४ बलमा २ चौका र ४ छक्कासहित अविजित ३६ र कप्तान केसीप्ले २२ बलमा ३ छक्का र एक चौकासहित ३२ रन बनाए ।

याे पनि पढ्नुस  खुत्रुकेमा जम्मा गरेको रकम रंगशाला निर्माणलाई

त्यस्तै, सुशन भारीले १८, रित गौतमले १३ र इशान पाण्डेले १० रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा अविनाश बोहराले ३, सूर्य तामाङले २, जितेन्द्र मुखिया, कमलसिंह ऐरी र भुवन कार्कीले एक/एक विकेट लिए । प्रतियोगिताको उपाधिका लागि भोलि राप्ती र नारायणी नै खेल्ने छन् ।

कमेन्ट गर्नुहोस्