उपराष्ट्रपति पुन र बंगलादेशका राजदूतबीच भेटवार्ता

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)सँग नेपालका लागि बङ्गलादेशका नवनियुक्त राजदूत सलाहुद्दीन नोमन चौधरीले शिष्टाचार भेट गरेका छन् ।

अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा सोमबार भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा उपराष्ट्रपति पुनले बङ्गलादेश नेपालको घनिष्ठ मित्रराष्ट्र भएको बताए । उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरका अनुसार उनले स्वतन्त्रता पछि बङ्गलादेशले हासिल गरेको प्रगतिमा खुसी व्यक्त गर्दै बधाई ज्ञापन गरे । बङ्गलादेशको स्वतन्त्रतामा समर्थन गर्ने नेपाल सातौं राष्ट्र भएको पनि उपराष्ट्रपति पुनले स्मरण गरे ।

याे पनि पढ्नुस  शिक्षामन्त्री पोखरेलसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता

उपराष्ट्रपतिले बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको भ्रमणले नेपाल र बङ्गलादेशको सम्बन्ध अझ उचाईमा पुगेको उल्लेख गर्दैनवनियुक्त राजदूत चौधरीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुने विश्वास व्यक्त गरे । उपराष्ट्रपति पुनले वाणिज्य, पर्यटन र पूर्वाधार विकासमा दुई देशले बलियो सहकार्य गर्नुपर्ने बताउँदै यसबीचमा आउने साझा समस्या र चुनौतीको साझा रूपमै सामना गर्नुपर्ने बताए ।

याे पनि पढ्नुस  अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता

उनले विश्वव्यापी कोरोना भाइरस (कोभिड-१९) बाट छिट्टै छुटकारा पाइने र पर्यटन गतिविधि अघि बढ्ने बताए । नेपाल बाह्य पर्यटकलाई स्वागत गर्न आतुर रहेको पनि जानकारी गराए ।

कमेन्ट गर्नुहोस्